भीम रावलले गरे विद्यावारिधी


काठमाडौँ। नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा लोकप्रिय नेता भीम रावलले विद्यावारिधीसम्मको पढाइ पूरा गरेका छन्।

रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी ‌संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो।

रावल २०३८ सालका त्रिवि स्नातकोत्तर तहका राजनीतिशास्त्रका स्वर्ण पदक विजेता पनि हुन्।