विप्लवका कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश


कालिकोट। जिल्लाका विभिन्न स्थानीय तह र जिल्लाको नेतृत्वमा रहेका नेकपा विप्लव पार्टीका नेता कार्यकर्ताहरु सत्तारुढ (नेकपा) मा प्रवेश गरेका छन्।

सत्तारुढ नेकपाका जिल्ला कमिटी सचिव नग्रिन्द शाही नेशनलका अनुसार विप्लव नेकपा निकट क्रान्तिकारी युवाका जिल्ला सहसंयोजक भरत शाही, रोशण रावल, गोरख बम, जीवन विष्ट, पदमराज बमलगायत सोमबार (नेकपा) प्रवेश गरेका हुन्।

पार्टी सचिव शाही, नेकपाका नेता चित्र सिंह गाउँले र सान्नि त्रिवेणी गापाँका अध्यक्ष डम्बर शाहीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।