काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका सहसंयोजक रंजित तामाङले नेपालमा दुई चार जना भीभीआईपीलाई कोरोना संक्रमण नभएसम्म राज्य सरकार गम्भीर नहुने देखिएको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘कोरोनाले देशका २/४ जना भिआईपिलाई संक्रमण नगरि राज्य गम्भिर बन्ने देखिएन। यो बेला पनि स्कुल कलेज बिदा नगरिनु लापरवाहीको पराकाष्ठा हो। सरकारी निकाय गैर जिम्मावार बन्नु हुदैन।’