कोरोनाभाइरसबाट भारतमा थप एकको मृत्यु, ८२ जना संक्रमित



काठमाडौँ। कोरोनाभाइरस (कोेभिड १९) संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

ती मृतक महिलाको छोरो पनि कोरोनो भाइरसबाट संक्रमित रहेको समाचारमा उल्लेख छ। ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी थिइन्।

कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानमा भएको थियो। उनी ७६ वर्षीय वृद्ध थिए र केही दिन अगाडि साउदी अरबबाट भारत फर्किएका थिए।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ। संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन्। संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन्।