इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६६ पुग्यो



काठमाडौँ। युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ। कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ। हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ। संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन्। विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ। -एजेन्सी