झापामा वडा कार्यालय निर्माणका लागि स्थानीयले दिए ६० लाखको जग्गा



नेत्र विमली

झापा। हल्दिवारी गा पा ५ नं वडा कार्यालय बनाउनका लागि ६ कठा जग्गा निःशुल्क दाताबाट उपलब्ध भएको छ।

वडा अध्यक्ष सेरबाहदुर नेम्वाङले उक्त जग्गा दिएको जानकारी दिएका छन्। उक्त वडा कार्यालयको आफ्नो भवन नभएपछि हाल भाडामा बस्दै आएको र १ महिना भित्रमा टेन्डर गरि भवन बनाउन सुरुगरिने अध्यक्ष नेम्वाङको भनाई छ।

वडा कार्यालय तथा स्वास्थ्य चौकी समयमै नबन्दा भाडाकै घरमा काम गर्नु परेकोले असहज भएको वडा सचिव भजन संग्रौला बताउछन्। सचिव संग्रौलाका अनुसार ५ कठा जमिन सनत कुमार थापा मगर, लाखध्वज कन्दङवा, मुकेस विन्दल, सन्तोष देवी अग्रवाल र डमबर कुमारी राईले नि:शुल्क उपलब्ध गराएका हुन्।

त्यस्तै १ कठा जमिन वडाको नाममा पास हुने प्रक्रियामा रहेको छ। उक्त जमिन एकराज रानामगर, राम प्रसाद दुलाल र दिल कुमार नेम्वाङले संयुक्त रुपमा उपलब्ध गराएको वडा सचिव भजन संग्रौलाले बताएका छन्। वडा कार्यालय भवन बनाउन दिएको उक्त जग्गा ६० लाख मुल्य बराबर रहेको दाताहरुको भनाई छ।