(नेकपा) का युवा नेता हेमबहादुर खड्काद्वारा पार्टी परित्याग



काठमाडौँ। सत्तारुढ दल नेकपाका युवा नेता हेमबहादुर खड्काले सत्तारुढ (नेकपा) परित्याग गरेका छन्।

तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएलका नेतासमेत रहेका खड्काले बिहीबार नेकपा छोडेको घोषणा गरेका हुन्।

उनले सत्तारुढ नेकपाका नियतजन्य कमजोरी देखाउँदै पार्टीबाट अलग भएको बताएका छन्। सामाजिक संजाल फेसबुक सत्तारूढ नेकपामा गम्भीर प्रकृतिका समस्या देखिएको जनाउँदै आफू अलग भएको जानकारी गराएका हुन्। उनले मुलुकको विकास र समृद्धीका बारेमा सत्तारुढ नेकपाले भ्रम छरिरहेको आरोप लगाएका छन्।

(नेकपा) नीतिगत भ्रष्टचार र वैचारिक विचलनको भूमरीमा फसेको भन्दै खड्काले उक्त पार्टी छोड्नु परेको स्पष्ट पारेका छन्। उनले आफ्नो बिगतप्रती गौरव गर्न लायक भएको बताउदै केपी ओली नेतृत्वमा सरकार बनेपछि भने निरासा र आक्रोश झन् बढेको स्पष्ट पारेका छन्।

उनले सत्तारुढ नेकपा नितान्त व्यक्ति र गुटगत स्वार्थमा फस्दै एमसीसी सम्झौता जस्ता राष्ट्रघाती सम्झौता गर्न तयार रहेको कुरा बताएका छन्। साथै यति समूहलाई जस्तै कयौं नीजि संघ सस्थाहरुलाई राष्ट्रिय सम्पतीको दुरुपयोग गर्ने कार्यमा सामेल गराउने वर्तमान सरकार तत्लीन रहेकाले नैतिक हिसावले पनि पार्टीमा रहन नसक्ने अवस्था पैदा भएकोले पार्टी छोडेको स्पष्ट पारेका छन्।

खड्काद्वरा जारी प्रेस विज्ञप्ति

पार्टी एकताको ऐतिहासिक क्षणमा म नेपाली नागरिकको बिचबाट असिम आशा, भरोसा विश्वास बोकेर पार्टीको सिद्धान्त र कार्यदिशामा अटुट र अविचलित एक योद्धा भई आएको व्यहोरा सगर्भका साथ भन्न चाहान्छु।

राजनैतिक स्थीरता, शुसासन र बिकास ल्याउने सपना मैले म जस्तै धेरै नागरिकलाई बाँडेको थिएँ र निष्पक्ष न्यायपालिका र सक्षम कार्यपालिका निर्माणको प्रक्रियामा मेरो सरकार रहेको वकालत गर्दे आएको थिएँ।

यहि कुरालाई केन्द्रविन्दुमा राखेर नै मैले नेपाल कम्युनिष्ट पार्टीको झण्डासामु उभिएर पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ पालन गर्ने प्रतिज्ञा गरेको थिएँ।

तर सरकार गठनको समय यतालाई हेर्दा नागरिकमा निरासा, वितृष्णा र घृणा पैदा हुँदै आएको महशुस भएको छ। नेपाली जनताले दिएको मतको उपेक्षा गर्दैै पार्टी नितान्त व्यक्ति र गुटगत स्वार्थमा फस्दै एमसीसी सम्झौता जस्ता राष्ट्रघा’ती सम्झौता गर्न तयार हुने र यतिलाई जस्तै कयौं राष्ट्रिय सम्पतीहरु दुरुपयोग गर्ने कार्यमा सामेल हुँदै आएको वर्तमान परिस्थीतिले गर्दा पार्टीमा नैतिक हिसाबले पनि रहन नसक्ने अवस्था पैदा भएको छ।

  • यातायात सिन्डकेट खारेजीको उठान गरि कार्यन्वयन हुन नसक्नु
  • ३३ किलो सुन पनि हराउनु दोषिहरुपनि तारिखमा छुट्दै जानु
  • निर्मला ह’त्या प्रकरण सेलाएर सकिनु,
  • एनसेलको लाभकर उठाउन नसक्नु, तर कुखुरा समेतमा सर्वसाधरणलाई करको भारी बोकाउनु
  • बाईडबडी घोटला प्रकरण र भ्रष्टचारको आ’रोप यतिकै हराउनु
  • भ्रष्टचार र तस्करहरुलाई संरक्षण गर्ने र त्यतिकै छोड्नु।
  • मेलम्चीको २.२० अर्व भ्रष्टचार ओझेल पर्नु।
  • गुठी विधेयक प्रस्ताव र विरोध पछि फिर्ता।
  • जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने बहानामा गैर नेपालीलाई नागरिकता वितरण गर्ने प्रपंच रच्नु।
  • लिपुलेक, कालापानी र लिम्पीयाधुरा मिचिंदा अहिलेको सत्ता आरोहण गर्न चुनावमा खर्च लिए बापत चुपचाप बस्नु।
  • एमसीसी जस्तो राष्ट्रघा’ती सम्झौता नेपाल हित छ भनि लागु गराउन खोज्नु।

उल्लेखित जनघाती र राष्ट्रघाती कार्यहरु भएको मेरै ठहर गरेको छु। पछिल्लो समय सरकारमा रहेको २ तिहाई नजिकको पार्टीको महासचिवले बालुवाटारको सरकारी जग्गा आफ्नो परिवारको नाममा पास गर्नु गलत मात्रै हैन अपराध हो।

चोरीको सुन किन्ने अपराधी हुने चोरीको जग्गै किन्ने अप’राधी नहुने ? अर्थमन्त्री बनिसकेका मान्छे ? यत्रो ठुलो पार्टीको महासचिव ठगीमा परें भनि मिडीयामा बोल्ने संचार मन्त्री बास्कोटाकोे नैतिक जिम्मेवारी कसले लिने ?

आदिम साम्यवादी, दास युग र सामन्ती युग जस्तै पुँजीवादी युग ढल्ने अर्को उपयुगको जन्म भईसकेको छ। त्यो हो वैज्ञानिक समाजवाद। यो विरुद्ध महान यात्रा सुरु गर्ने सचेतना सधैं हरेक चुल्होसम्म पुर्याउदै अग्र मोर्चामा रहेर लड्ने प्रतिबद्धता गर्दै आजकै मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साधरण सदस्यसमेत नरहने गरि श्रमिक र उत्पीडित वर्गको मुक्तिका निम्ति स्वतन्त्र रुपमा परिवर्तन र रुपान्तरणका खातिर आन्दोलनको मैदानमा रहिरहने कुरा सगर्व उद्दघोष गर्दछु।

पार्टीका नेताले मालेमावाद पथप्रदर्शक सिद्धान्तसँग दलाल पुँजीपति वर्ग र सत्ता साटिएको र दलाल पुँजीपती वर्गको संरक्षण गर्ने र साम्राज्यवादलाई एकछत्र राज गराउने एजेण्ट बनेकोमा मेरो घोर आ’पत्ति छ।

आफ्नोे वर्ग र सिद्धान्तको रक्षा गर्दै राजनीति, देश र जनताका लागि त्याग, वलिदान, समर्पण र सेवा हो भन्ने कुरा आत्मासाथ गर्दै निरन्तर सक्रिय राजनीतिमा रहने कुरा सबै शुभचिन्तक आफन्त र शुभेच्छुकहरुमा जानकारी गराउँदै यहि मार्ग निर्माण गर्न र सहकार्य गर्न र सहयोग एवं समर्थन गर्न समेत अपिल गर्दछु।

होलीवाइन काण्ड, भेनेजुएला प्रकरण, सूचना विधेयक, विषादी प्रकरण, डा गोविन्द केसीको अनसन, एनसेल प्रकरण, विप्लव समूहलाई प्रतिबन्ध, कृष्णबहादुर महरा प्रकरण, निर्मला पन्त हत्या प्रकरण, गुठी विधेयक फिर्ता, हायात प्रकरण, उखु किसान आन्दोलन, ललिता निवास काण्ड, एमसीसी काण्ड, यति प्रकरण, वाइडबडी काण्ड, मेलम्ची खानेपानी, कुलपति काण्ड, सिण्डिकेट काण्ड, ३३ किलो सुनकाण्डका यि चर्चित प्रकरणबारे सत्य तथ्यसहित छानबिन गरि जनताले न्याय प्रदान गर्ने यो प्रक्रियामा आम नागरिकलाई सहयोग पुर्याउनसमेत अनुरोध गर्दछु।

राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान, स्वयत्तता, स्वशासन र राष्ट्रिय एकतालाई शिरोधार्य गर्दै, विद्यमान जात, धर्म, पेशा, क्षेत्र, वर्ग, लिंग, वर्ण आदिको विभेदलाई चिर्दै, बहुजातीय, बहुभाषीक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधता, कानुनी राज्य, लोकतान्त्रिक–समाजबाद, प्रतिस्पर्धात्मक बहुदलिय व्यवस्था, मौलिक अधिकार, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका र शुसासन, सक्षम कार्यपालिका र विकास, आवधिक निर्वाचन, बालिग मताधिकार, समानुपातिक समावेशी, स्वरोजगारीको अधिकार, जनहितसहभागिताको शुनिश्चित गर्दै,

एकात्मक र केन्द्रीकृत शासन व्यवस्थाले निम्त्याएको अधिनायकबाद, छु’वाछुत, भेद’भाव, दम’न, उत्पी’डन लाई निस्तेज गर्दै, लोकतान्त्रिक–आर्थिक–समाजबादको सिद्धान्तद्वारा अग्रगमन कार्यदिशाको माध्यमले समानता, समतामूलक समाजको निर्माण गरि गरिबी उन्मुलन गर्ने वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने संकल्प सहित,नेपाली ईतिहासमा वीर अग्रजले गरेका ऐतिहासिक आन्दोलन, त्याग, तपस्या र ब’लिदान तथा शहीद र बे’पत्ता यो’द्धाहरुको सम्मान गर्दै, विश्वको सुन्दर–शान्त र विशाल नेपाललाई विश्वजगतमा प्रभावशाली बनाउने प्रण गर्दै, विश्वको अग्लो भुभाग सोलुखुम्बुको सगरमाथा उचाई ८८४८ किमी र नेपालको होचो भुभाग मुसहरनिया उचाई ५७३ किमी तथा पूर्व–पश्चिममा फैलिएको विशाल नेपाल उल्लेख गर्दै,यसको सिमाक्षेत्रमा सिमारक्षा सिमाबार गरि सिमांकन गर्ने र राष्ट्र र राष्ट्रियतालाई बन्दिलो बनाउने अपर्ण गर्दै, जनताको माझबाट, जनानिर्देशको माध्यमले यो प्रस्तवना पुरा गर्ने महान् अभियानमा एकतावद्ध हुन यसै विज्ञप्ती मार्फत आम जनसमुदायमा आह्वानसमेत गर्दछु।

उनको राजनीति यात्रा यस्तो छ २०४२ र ०२ र ११ गते वैत्यश्वर गाउँपालिका, ८, क्षेत्रपा, बसेरी, दोलखामा जन्मेर मैले राजनीतिक यात्रामा छ्लाङ नै मा’रे भन्दा फरक पर्दैन। मेरो राजनैतिक र सांगाठानिक पृष्ठभुमि छोटोमा उल्लेख गरेको छु।

 १ नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्य – २०७४

९३९९ भित्रको प्रस्तावित पोलिटव्यूरो सदस्य नेकपा माओवादी केन्द्र

माओवादी विभाजन पछि ३३ दलिय मोर्चामा आवद्ध २१ भन्दा बढी घटकहरुको नेकपा माओवादी केन्द्रसँग एकताका लागि पहल।

२ वाईसियल नेपालको केन्द्रीय सदस्य २०७३, सचीव वाईसियल नेपाल केन्द्रीय प्रचारप्रसार विभाग

युवाको केन्द्रीय कमिटीमा रहेर पुनरनिर्माण र सक्रिय सहभागिता भई पूर्व लडाकु र एकेडेमिसीयनहरुबीच फ्युजन गरि सहायक संगठन बनाउन पहल।

३ नेकपा माओवादी केन्द्र दोलखा, सचिवालय सदस्य