(नेकपा) कालिकोटको आगामी चैत ४ गते वैठक बस्ने


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालिकोटको वैठक आगामी चैत ४ गते बस्ने भएको छ।

यसअघि विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाईरसको जोखिमलाई दृष्टिगत गरेर फागुन २२ र २३ गतेका लागि तय गरेको जिल्ला कमिटीको वैठक स्थगित गरिएको थियो।

नेकपा कालिकोटका सचिव नगिन्द्र शाही ‘नेसनल’ का अनुसार उक्त स्थगित गरिएको जिल्ला कमिटी वैठक आगामी चैत ४ गते बस्नेछ।
उनले बिहीबार सामाजिक सञ्जाल फेशबुक मार्फत चैत ४ गते वैठक बस्ने जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालिकोटको बैठक यही मिति २०७६ चैत्र ०४ गते पार्टी कार्यालयमा बस्ने हुदा बैठकमा उपस्थितिका लागि सम्पूर्ण सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु।’