थानेश्वर र लालीको स्वरमा ‘धानको चुली मकैको सुली’ (भिडियोसहित)


भरत बोहरा ‘समर्पण’ 

नेपालगंज। थानेश्वर गौतम नेपाली संगीत क्षेत्रका अब्बल गायक एबम संगीतकार हुन्। दर्जनौ सुपर हिट गित बजारमा पठाई सकेका गायक गौतमले यतिबेला मिठो संगीत भरेर लोक लयमा धानको चुली मकैको सुली लियर फेरी बजारमा आयका छन्।

सुन्दा एकदम मन लोभ्याउने स्वर र संगीत भरेर बजारमा आएको यो गीतमा गौतमलाई स्वरमा साथ लाली बुढाथोकीले दियकि छन्। शब्द/थेगो मा उस्तै मिठासपन बोकेर यस गीत बजारमा आयको छ।यो भन्दा अघिको जस्तै माया र साथ पाउने कुरा गायक गौतमले बताउनु भयको छ।

यस गीतमा प्रभा बर्तौलाको शब्द रचनामा थानेश्वर गौतमको लय रहेको छ। गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन्।

गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। चर्चीत नायीका केकी अधिकारीको अभिनय र नायकमा पुष्प खड्काको रहेको छ।यो भन्दा अघिको जस्तै सुपरहिट गित बनोस सम्पूर्ण दर्शकको मुखमा यो गित हरेक पल झुण्डी रहोस सफलताको शुभकामना