कालिकोट। उद्योग वाणिज्य संघमा प्रगतिशिल प्यानलबाटका अध्यक्ष रतनबहादुर शाही विजयी भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ निकट प्रगतिशिल प्यानलका शाहीले ३ सय ९५ मत प्राप्त गरि विजयी भएका हुन्। कालीकोट उद्योग वाणिज्य संघको १८ र् चुनावी साधारण सभाबाट शाहीसहित प्रगतिशिल प्यानल विजयी भएको छ।
उनका निकटतम प्रतिद्धन्द्धी डिलबहादुर शाहीले २ सय ५६ मत प्राप्त गरि पराजीत भएका छन्। प्रगतिशिल प्यानबाट वरिष्ठ उपाध्यक्षमा खाडाचक्र नगरपालिकाका न्यायीक समितिका सदस्य तिलबहादुर शाही, द्धितृय उपाध्यक्षमा टेकबहादुर बुढा, महासचिवमा रंगलाल देवकोटा निर्वाचित भएका छन्।
त्यस्तै सचिवमा कमल बराल, कोषाध्यक्षमा गौरी संज्याल, खुल्ला सदस्यमा युवा व्यवसायी नवराज बुढा, कमल शाही, महिला सदस्यमा काश्मिरा आचार्य, दलित सदस्यमा पूर्ण मिजार विजयी भएका छन्।