प्रतिष्ठानले आफ्नो स्थापना दिनलाइ ‘लोकदोहोरी दिवस’ मनाउने



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिवसलाई ‘लोकदोहोरी दिवस’ का रुपमा मनाउने जानकारी दिएको छ।

२०५८ साल फागुन २९ गते स्थापना भएको प्रतिष्ठानलले भोलि फागुन २९ गते बिहिबार आफ्नो १९ औं स्थापना दिवस मनाउन लागेको हो।

हरेक वर्ष मनाउदै आएको स्थापना दिवसलाई यसवर्षदेखि भने लोकदोहोरी दिवसका रुपमा मनाउने अध्यक्ष रमेश बिजीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सोहि अवसरमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले आफू मातहतका सम्पूर्ण प्रदेश समिति, उपत्यका समन्वय समितिका मातहतका सम्पूर्ण समिति, जिल्ला शाखा, विदेश शाखा, संस्थापक पूर्वपदाधिकारी एवम् सम्पूर्ण सदस्यहरुलगायत लोकदोहोरीप्रेमिमा आफू आवद्ध नजिकका शाखामा उपस्थित भई लोकदोहोरी दिवस सिर्जनात्मक रुपमा मनाउन आग्रह गरिएको छ।