होलीमा विदेशी पाहुनाहरुको बढ्दो आकर्षण (फोटो फिचर)



काठमाडौँ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका बीच पनि काठमाडौँ होलीको चहल पहल देखियो। यसवर्षको होली पर्व कोरोनाका कारण आंशिक प्रभावित भन्यो।

कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लासमय  नभए पनि पुरै सुनसान भने भएन। हाेलीमा विदेशीहरुकाे उपस्थिति पछिल्ला वर्षहरुमा बढ्दाे छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडोंमा भिड जम्मा भएर होली खेल्न निषेध गर्ने निर्णय गरेको थियो। त्यही भएर पनि यस पालिको होली शान्त र मर्यादित बनेको सरोकारवालाहरु बताउछन्।

प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि पनि अनिश्चिकालसम्मका लागि स्वीकृति नदिने निर्णय गरेको थियो। यही निर्णयका कारण पनि काठमाडौंमा सर्वसाधारणको चाप केही कम देखिएको प्रहरीले जनाएको छ।

तस्बिर: मुकुन्द कालिकोटे