नेविसंघ महामन्त्री कुँबरको नेतृत्वमा मास्क वितरण



काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा मास्क वितरण गरेको छ। कोराना भाइरसको प्रकोपबाट बच्नका लागि आइतबार बानेश्वरमा एक हजार सर्वसाधारणलाई मास्क वितरण गरेको नेविसंघले जनाएको छ।

मास्क वितरण कार्यक्रमको उद्घाटन संघकी महामन्त्री महेश्वरी कुँवरले गरेकी थिइन्। कार्यक्रममा संघका नेता दुजाङ शेर्पा, संघका निवर्तमान केन्द्रीय सदस्य संजिब खड्का, संघका नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिनालगायत सहभागी थिए।

भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको निः शुल्क मास्क वितरण कार्यक्रमलाई नेपाल विद्यार्थी संघले देशभर संचालन गर्ने बताए। कार्यक्रमको सभापतित्व विवेक बस्नेतले गरेका थिए।