महिला मुक्तिका लागि कानूनी व्यवस्था मात्रै प्राप्त छैन: सुनिता सुनार



काठमाडौँ। हाल युकेमा बस्दै आएकी सुनिता सुनारले महिला मुक्तिका लागि कानूनी व्यवस्था मात्रै प्राप्त नभएको स्पष्ट पारेकी छन्। ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिदै उनले महिला मुक्ति र सशक्तिकरणका लागि कानूनी व्यवस्था मात्रै प्राप्त नभएको स्पष्ट पारेकी हुन्।

नसिंङ पेसामा आवद्ध सुनारले आइतबार सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘महिला मुक्तिका लागि कानूनी व्यवस्था भएर मात्रै हुँदैन। व्यवहारिक रुपमा महिलाहित र संरक्षणको लागि सम्पूर्ण महिला एकजुट हुनुपर्छ।’

उनले महिलाहरु घरदेखि राज्य सत्तासम्म महिला सहभागिता आवश्यक रहेको बताएकी छन्। उनले अगाडि लेखेकी छन्, ‘चुल्होदेखि चौकोसम्म महिला सहभागिता आजको आवश्यकता हो। सृष्टिकर्ता नारीहरु २१औँ शताब्दिमा पनि हेपिनु पर्ने र अन्यायमा पर्नुपर्ने अवस्था छ। यसको अन्त्यका लागि आ-आफ्नो स्थानबाट सक्दो संघर्ष गरौं। ११०औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको सबैलाई शुभकामना।’