युवाको सहभागिता बिना समाज रुपान्तरण हुँदैन: अध्यक्ष बम



पूर्णसिंह बम,

कालिकोट। जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम (पलाँतीकान्छा) ले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने दाबी गरेका छन्।

नेपाल युवा परिषद कालिकोटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले उक्त दाबी गरेका हु्न्। कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बमले समाज रुपान्तरणमा लाग्ने अभियान्ताले पनि स्वयं संगठित हुनुपुर्ब रुपान्तरण हुने प्रतिबद्धता गर्न आबश्यक रहेको बताए।

नेपाल युवा परिषदले दिएको सरकुलरअनुसार आज कालिकोट मान्ममा उक्त कार्यक्रम आयोजना गरिएको हो। ममता अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश युवा परिषदको संयोजक ईन्द्रजित सुनार बिशेष अतिथि थिए।

तस्बिर: पूर्णसिंह बम