धुनषा उपाध्यक्ष साहकी आमा सुशिलादेवीको पुण्यतिथिमा महासचिव शाही


काठमाडौँ। नेपाल तरुणदल धुनषाका उपाध्यक्ष राकेशविक्रम साहकी ४५ वर्षीय आमा सुशिलादेवी साहको निमुनियाका कारण निधन भएको छ। संघीय राजधानी काठमाडौँको शिक्षण अस्पताल महारागंजमा यहि फागुन १२ गते साहको निधन भएको थियो।

यसै क्रममा सुशिलादेवी १३ दिनको पुण्यतिथिमा नेपाल तरुणदलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाही धुनषा पुगेका छन्। महासचिव शाहीले मृतकप्रति श्रद्धाञ्जली दिनुका साथै परिवारमा गहिरो समवेदना प्रटक गरेका छन्।

महासचिव शाहीले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा भने, ‘संगठन सुदृढिकरण र पार्टीको आगामी १४औँ महाधिवेशनबारे जागरण अभियानमा जुटिरहेको छु। यसै क्रममा हाम्रो संगठनका जिल्ला उपाध्यक्ष राकेशजीको आमाको खाना पकाउँदै गर्दा आगोमा परी कलिलो उमेरमै दुःखद निधन भएको खबर सुनेको थिए। त्यसैले यहाँसम्म आइपुगेको छु। बाँकी अरु कार्यक्रममा उपस्थिति हुने र नियमित कर्ममा व्यस्त हुनेछु।’

शुक्रबारदेखि सुरु भएको संगठन सुदृढिकरणको यात्रा आगामी ७ दिनसम्म जारी रहने महासचिव शाहीले बताए। महासचिव शाहीले सँगठन सुदृढिकरण र पार्टी सुदृढिकरण अभियान अन्तर्गत प्रदेश २ का बिभिन्न जिल्लामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरिने बताएका छन्। गत पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको थियो।