काठमाडौँ। अल्पसंख्यक तथा सिमान्तकृत युवाहरुको दृष्टिकोणबाट दिगो विकास लक्ष्यको कार्यान्वयन अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन्।
यसै क्रममा भिएसओ नेपाल, नेपाल एसडीजि फोरम, एक्सनएड नेपाल, रेष्टलेस डेभलपमेन्ट नेपाल, साडे्ड, राष्ट्रिय युवा महासंघ नेपाल, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको विद्यार्थी मञ्च, राष्ट्रिय अपांग युवा सञ्जाल नेपाल, फिमेल युथ नेपाल, नाफानलगालयतका संघ संस्थाहरुसँगको सहकार्यमा युथ एड्भोकेसी नेपाललले सातवटै प्रदेशका विभिन्न स्थानहरुमा वहुपक्षीय संवाद गरिरहेको छ।
हालसम्म प्रदेश नम्बर १ को विराटनगर, प्रदेश २ को जनकपुर, गण्डकी प्रदेशको नवलपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा संस्थाले कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ।
त्यस्तै आगामी मार्च १२ तारेकसम्म प्रदेश नम्बर ५ को नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र वागमती प्रदेशको हेटौँडा र काठमाडौँमा कार्यक्रम सम्पन्न गर्ने आयोजकको तयारी छ।
कार्यक्रममा विभिन्न क्षेत्रका तीन सयभन्दा बढी युवाहरुले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सहभागि युवाहरुलाई आयोजकले दिगो विकास लक्ष्य तथा ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ का बारेमा अभिमुखीकरण दिएको थियो।
त्यस्तै सहभागिहरुलाई विभिन्न समूहमा विभाजन गरी दिगो विकासका १७ वटा लक्ष्यहरुमध्ये युवाहरुसँग सम्बन्धित ९ वटा लक्ष्यहरुका बारेमा सुझाव संकलन गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा सहभागिहरुले दिएका सुझावहरुलाई संकलन गरी प्रदिवेदन निर्माण गरिने युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले बताए।
उनले राष्ट्रिय योजना आयोगले तयार पार्ने ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ प्रतिवेदनलाई थप सहयोग पु¥याउने उद्देश्यले उक्त प्रतिवेदन निर्माण गर्न लागिएको बताए।
नेपाल सरकारले सन २०१७ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजना भएको उच्चस्तरिय राजनीतिक राजनीतिक मंचमा ‘स्वैछिक राष्ट्रिय समिक्षा प्रतिवेदन प्रस्तुत गरेको थियो । आगामी २०२० जुलाई ७ देखी १६ सम्म आयोजना हुने उच्चस्तरीय राजनीतिक मञ्चमा दोस्रो ‘स्वैच्छिक राष्ट्रिय समिक्षा’ प्रस्तुत गर्दैछ ।