कोरोनासँग त्रसित होइन, सजक बनौं: संयोजक महर


काठमाडौँ। अनेरास्ववियूका संयोजक ऐन महरले विश्व माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका नाममा त्रसित बन्नुभन्दा पनि सजक हुनुपर्ने सुझाव दिएका छन्।

साथै उनले उक्त भाइसरसँग जुध्न सिमानाका बन्द गर्नुपर्ने बताए। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सीमानाका बन्द गर्न सुझाव दिएका छन्।

उनले लेखेका छन्, ‘कोरोना भाइरसबाट त्रसित होइन सतर्कता अपनाऔं र सचेत बनौं। नेपालमा अहिलेसम्म देखा परेको छैन। त्यसैले हाललाई सिमानाका बन्द गरौं।’