एन्जिला क्षेत्री,
काठमाडौँ। सुर्खेती गायिका सुनिता बुढा क्षेत्री र दिपक घर्ती मगरको स्वरमा ‘गाउँले हामी त’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ।
कर्णप्रिय स्वरकी धनी गायिका बुढा क्षेत्रीले सुर्खेत छाडेर काठमाडौँलाई कर्मथलो बनाएपछिको ‘गाउँले हामी त’ दोस्रो गीत हो।
प्रकाश कुँवरको शब्द तथा प्रकाश पराजुलीको लयमा तयार पारिएको उक्त गीत ढोरपाटन मिडियाको युट्युव च्यानल मार्फत बजारमा आएको हो।
निरुता पुन, सुनिता थापा, सामना मगर, हिरा केसी, घनश्याम परियार, सुनिता तामाङ, रमित राना र मनोज शर्माले सामुहिक आवाजमा साथ दिएका छन्।
राजकुमार मगरको निर्देशन रहेको गीतको म्युजिक भिडियोका दृश्यहरु प्रकाश खड्काले क्यामेरामा कैद गरेका छन्। टिपिकल शब्द संगीत रहेको गीतको म्युजिक भिडियो सम्पादन राजकुमार मगरले नै गरेका छन्।
भिडियो हेर्नुहोस्