एसइइ र त्रिविका परीक्षा तोकिएकै मितिमा सम्पन्न हुने



काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसइइ र त्रिभुवन विश्वविद्यालय विभिन्न परीक्षाहरु नियमित तालिकामै सञ्चालन हुने भएका छन्।

कोरोना भाइरसको कारण भन्दै परीक्षाहरु स्थगित भएको भन्ने हल्लाप्रति सरकारले गम्भीर चासो व्यक्त गर्दै हल्लाको पछाडि नलाग्न समेत भनेको छ।

आज शिक्षा मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् एसईई चैत्र ६ गतेबाट नै शुरु हुने स्पष्ट पारेको छ। मन्त्रालयले हल्लाको पछाडि नलाग्न समेत आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, चैत्र ६ गते देखि हुने गरी तय भएको एसइइको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । परीक्षा सरेका वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न अनुरोध गरेको छ।

यसैगरी त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु पनि नियमित सञ्चालना आउनेछन्। त्रिविले परीक्षा स्थगित हुने वा नसर्ने स्पष्ट पारिसकेको छ। कोरोना भाइरसको कारण देखाउँदै परीक्षा सरेको हल्ला फिजाइएको थियो।