‘कोरोनाको महामारीलाई दृष्टिगत गर्दै स्कुल कलेज बन्द गरिनुपर्छ’



काठमाडौँँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका सहसंयोजक रंजित तामाङले कोरोना भाइरसको आतंकले बजारमा कालोबजारी बढेको बताएका छन्।

उनले कालो बजारी, महंगी र कृतिम अभाव रोक्न प्रभावकारी अनुगमन तथा नियमन गर्न सरकारसँग माग गरेका छन्। कोरोनाको महामारीको आतंकले बजारमा भैरहेको कालो बजारी,महंगी र कृतिम अभाव रोक्न प्रभावकारी अनुगमन तथा नियमन गर्न पनि सरकारलाइ जोडदार माग गर्दछौं, उनले भने, ‘सबै मिलेर महामारीको सामना गर्न हातेमालो गरेर जुटौं।’

सहसंयोजक तामाङले विश्वभरि फैलदो कोरोना भाईरसको सामना गर्न उच्च सतर्कता अपनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। उनले मानिसहरुमा भय र आतंक ब्याप्त रहेका बताए। ‘बिश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्चजोखिम भएको देशमा सुचिकृत गरेको छ’, उनले भनेका छन्, ‘सरकारले उपचार र सतर्कता अपनाउन आह्वान गरे पनि त्यो पर्याप्त तयारी मानेर चित्त बुझाउने स्थिति छैन।’

उनले विद्यालय बन्द गर्न पनि सरकारसँग माग गरेका छन्। उनले उच्च सतर्कता अपनाउँदै तत्काल अनिश्चित कालका लागि स्कुल कलेज बिदा गर्न माग गरेका हुन्।

उनले कोरोनाको सामना गर्न अनेरास्वबियू स्वयम सेवक बनेर सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन्। साथै उनले देशभरिका अनेरास्ववियूका नेता कार्यकर्तालाई विद्यार्थी,आम नागरिकमा कोरोना भाईरसबारे जानकारी दिन, जनचेतना मुलक सन्देश प्रबाह गर्न, उपचार र सतर्कता अपनाउन अपिल गरेका छन्।