महासचिव शाही संगठन सुदृढिकरणका लागि प्रदेश २ को यात्रामा



काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही संगठन सुदृढिकरणका लागि प्रदेश नम्बर २ को यात्रामा निस्किएका छन्।

शुक्रबारदेखि सुरु भएको यात्रा आगामी ७ दिनसम्म जारी रहने महासचिव शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। उनले कांग्रैसको आगामी १४औँ महाधिवेशन र संगठनलाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि आफू मधेश झरेको बताए।

उनले भने, ‘आगामी महाधिवेशनलाई कसरी सम्पन्न गर्ने ? तोकीएको समयमै महाधिवेशन गर्नको लागि अहिलेदेखि नै गृहकार्य गर्नुपर्छ भन्ने मान्यताले हामी मधेश झरेका छौं। एक साता प्रदेश नम्बर २ का आठ वटा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा उपस्थिति रहनेछ।’

महासचिव शाहीले सँगठन सुदृढिकरण र पार्टी सुदृढिकरण अभियान अन्तर्गत प्रदेश २ का बिभिन्न जिल्लामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरिने बताए। गत पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको थियो।