तपेन्द्र भण्डाराको स्वरमा ‘जन्मथलो’ (भिडियोसहित)



एन्जीला क्षेत्री,

काठमाडौँ। पत्रकार तथा सर्जक धनराज वास्तविकको शब्द रचनामा देउडा ठाडीभाका बजारमा आएको छ। ‘जन्मथलो कणाली’ बोलको देउडा ठाडीभाका बुधबार कर्णाली सन्देश डटकमको युट्युव च्यानल मार्फत बजारमा आएको हो।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा लोकप्रिय भाकाका रुपमा रहेको देउडा ठाडीभाकाले स्थानीय परिवेशलाई समेटेको सर्जक वास्तविक बताउछन्। उक्त गीतको लय देउडा गायक सुरेश शाहीले तयार पारेका हुन् भने तपेन्द्र भण्डाराले आवाज दिएका छन्।

भिडियो हेर्नुहोस्