सिटिजन बैंकको ९४औँ शाखाको जुफालमा



डोल्पा। सिटिजन बैंकले आफ्नो ९४औं शाखा जिल्लाकाे जुफालमा उद्घाटन गरेकाे छ। बुधबार जुफाल शाखाका प्रवन्धक पृथीबहादुर डांगीले सम्पूर्ण बैंकिग कारोबार शुरु भएको बताएका छन्।

प्रदेश प्रवन्धक विनय गौतमले देश तथा विदेशमा पैंसा पठाउन, झिक्न सकिने, फाष्ट ट्रयाक कर्जा, २० लाखसम्म विना बाटोको जग्गा तीन दिनभित्र सरल तरिकाले कर्जा दिन सकिने बताएका छन्।

आदर्श मावि जुफालका प्रअ पुर्णबहादुर डाँगीले शाखाले अन्य शाखाभन्दा उत्कृष्ट कार्य गर्नुपर्ने तथा जुफालको पहिलो बैंकप्रति सम्पुर्ण नगरवासी तथा सर्वसाधारण, शिक्षक, कर्मचारि, सेना तथा प्रहरी आभार रहेको बताए। उद्घाटनमा बाेल्दै विमानस्थल सुरक्षा प्रमुख कमल शाहले सुरक्षाको सम्पुर्ण प्रवन्ध रहेको जानकारि दिए।

वडाअध्यक्ष डिलविक्रम शाही, पुर्व जिविस सभापति जगतबहादुर कठायत, पुर्व गाविस अध्यक्ष चन्द्रविक्रम शाही, आदर्श माविका प्रअ पुर्णवहादुर डांगी, वागवानी विकास केन्द्र प्रमुख सम्पति बुढा, विमानस्थल सुरक्षा प्रमुख कमल शाह, नेपाल नागरिक उड्डययन प्रमुख बालकुमार सिंह, विभिन्न एयरलाइन्स प्रमुख, नगरपालिकाका कर्मचारी तथा स्थानीय व्यवशायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।