होली कार्यक्रम नगर्न र सहभागी नहुन सरकारको निर्देशन



काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले होलीलगायतका भेला, सभा समारोह जस्ता भिडभाडका कार्यक्रमहरु नगर्न त्यस्ता कार्यक्रमहरुमा उपस्थित नहुन निर्देशन दिएको छ।

विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सतर्कता अपनाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौैैँले सो अनुरोध गरेको हो।

कार्यालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, होलीलगायतका कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ।’

नेपाल सरकारले यसअघि नै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ।