प्रधानमन्त्री ओलीको स्वास्थमा क्रमिक सुधार, चार बजे पत्रकार सम्मेलन



काठमाडौँ। बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा क्रमिक सुधार हुदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले प्रत्यारोपणपछि हिजो बेलुका तरल पदार्थ खान दिएका छन्। ‘प्रधानमन्त्री ज्युको स्वास्थ्य अवस्था क्रमिक सुधार हुदै गएको छ। उहाँले बुधबार बेलुका तरलपदार्थ पानी खानुभएको छ र बिहीबार बिहान कालो चिया खानुभएको छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, सांसद तथा उच्च पदस्थ अधिकारी, शुभचिन्तक र शुभेच्छुकहरु अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिहेका छन्।

बिहीबार विहानै प्रधानमसेनापति पुर्णचन्द्र थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका छन्।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा विभिन्न सांसदहरु समेत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सल्लाहकार थापाका अनुसार अस्पतालले प्रधानमन्त्री ओलीको दैनिक स्वास्थ्य अपडेट प्रतयेक दिन दिउँसो ४ बजे जानकारी गराउँनेछ ।