प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल



काठमाडौँ। सबैको चासोको विषय बनेको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेपछि अपरेशन थिएटरमा लगिएको थियो। उक्त प्रत्यारोपणका बारेमा अस्पतालले अपरान्ह साढे चार बजे पत्रकार सम्मेलन गरेर स्वास्थ्यस्थितिबारे जानकारी दिने बताएको छ।

चिकित्सकहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताएपनि अस्पतालले औपचारिक पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ।

प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ।

ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।