कालीकोट। मान्म बजार प्रतिमा चोकमा प्रधानमन्त्री केपि शर्मा ओलीको सिघ्र स्वास्थय लाभको कामनसहित दिप प्रज्वलन गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा र उसकोभातृसंगठन अनेरास्वबियुको को आयोजनामा प्रधानमन्त्रीको सिघ्र स्वास्थ्य लाभको कामनासहित दिप प्रज्वलन गरेका छन् ।
नेकपाका कालीकोट अध्यक्ष धनजित शाही, सचिव नगेन्द्र शाही नेश्नल, जिल्लाका नेता तथा बिधार्थी नेताहरुले प्रतिमाचोकको चारै तिर दिप प्रज्वलन गरेर प्रधानमन्त्रीको वुधावार हुने मृगौला प्रत्यारोपण सफल्ताको शुभकामना दिएका छन् ।
नेताहरुले सबै नेपालीहरुको शक्तीले प्रधानमन्त्रीको स्वास्थ्यमा चाडै सुधार आउने बिश्वास समेत गरेका छन् । २०६१ सालमा पहिलो पटक भारतमा मृगौला प्रतियारोपण गराएका प्रधानमन्त्री ओलीको वुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दोस्रो पटक मृगौला प्रतियारोपण हुदैछ ।
उनलाई मृगौला दान गर्नका लागि ओलीकी भान्जी समिक्षा संग्रौला पनि हिजो प्रधानमन्त्री संगै अस्पतालमा भर्ना भईसकेकी छन्।
प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनु अघि सोमवार भिडियो सन्देश दिदै सपना अलपत्र पारेर अलप हुन्न भन्दै देशलाई वाचा गर्नु भएको थियो । ओलीको मृगौला प्रत्यारोपण भोलिविहान नौ वजे हुदैछ।