कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सक्न मन्त्रालयको निर्देशन



काठमाडौँ। शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ। मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन पनि भनेको छ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ। एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ।