आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न ढिलाई नगरौं



सम्पादकीय

चीनबाट सुरु भएको कोभिड-२०१९ नाम दिइएको कोरोनाभाइरसका कारण विश्वका तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाइ सकेका छन्। अहिले विश्वका ६० देशमा कोरोनाले आक्रमण गरिसकेको अवस्था छ।

विश्व स्वास्थ्य संगठनले उक्त भाइरसलाई विश्व माहामारीको रुपमा घोषणा गरिसकेको अवस्था छ। त्यसैमाथि नेपाल उच्च जोखिममा रहेको पनि संगठनले चेतावनी दिइसकेको छ।

हाम्रो देशमा भने यस माहामारीका बारेमा खासै चिन्ता गरेको पाईंदैन। न त राज्यले राम्रो व्यवस्था गर्न सकेको छ। न त नागरिकहरुमा सतेना नै। सरकारले भोजभतेर, भेला, सम्मेलन, मेला महोत्सव नगर्न र नागरिकहरुलाई भिडभाडमा नजान निर्देशन दिएको छ। तर, नागरिहरुले उक्त निर्देशनलाई अनुसरण गरेको पाईंदैन।

उल्टै मेला महोत्सवको आयोजना गरेर मानिसहरुलाई बोलाइ रहेका छन्। नागरिकमा सचेतना र राज्यले प्रभावकारी कदम नचाल्ने हो भने कोरोनाले नेपालमा ठूलो क्षेती गर्ने आकंलन गर्न थालिएको छ।

त्यस कारण नागरिकले सरकारको निर्देशन मान्नुपर्छ र राज्यले सातवटै प्रदेश अनि ठूला सहरमा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्नमा ध्यान दिनुपर्छ। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामासमेत कडाइ गर्नपर्छ।