दोस्रो ‘रहगाड सांस्कृतिक महोत्सव’ सम्पन्न



कालिकोट। जिल्लाको नहरहरीनाथ गाउँपालीकाको रगाडमा राष्ट्रगुरु योगी नरहरीनाथको सम्झनामा दुई दिने वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।

महोत्सव व्यवस्थापक प्रमुख प्रदिप बोहराका अनुसार गते शनिबारदेखि सुरु भएको उक्त सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको हो।

‘हाम्रो गौरव हाम्रो पहिचान, स्थानिय कला संस्कृतिको उज्यालो अभियान’ भन्ने मुल नाराका साथ राष्ट्रगुरु नरहरीनाथको १०६औँ जन्मोत्सवको अवसरमा दोस्रो ‘रहगाड वृहत सांस्कृतिक महोत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

महोत्सवमा गापाकाे वडा नं ८ का वडा अध्यक्ष लोकबहादुर बिष्टको अध्यक्षता र गापा अध्यक्ष धिरबहादुर बिष्टको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो। उक्त सांस्कृतिक कार्यक्रममा देउडा गायक छत्रबहादुर शाही, जनक कार्की र गायिका गौरी भट्टको सहभागीता रहेको थियो।

साथै स्थानीय कलाकारहरुले देउडा खेल, मागल झोडा लागएतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तु गरिएको महोत्सव व्यवस्थापक प्रमुख बोहराले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।