प्रयास र आरुषीको अभिनयमा नयाँ गीत (भिडियोसहित)


काठमाडौँ। टिविसी मुभि हाउसको प्रस्तुती रहेको ‘केटी पट्याउने’ बोलको गीत बजारमा आएको छ।

‘केटी पट्याउने’ गीतको म्युजीक भिडीयो बजारमा आएको छ। जसमा मनिष थापाको स्वर रहेको छ। त्यस्तै विकाश थापाको शब्द, रिदम अस्मीत साउँदको संगीत रहेको छ।

त्यस्तै उक्त गीतमा सुर्खेती मोडल प्रयास क्षेत्री र बाँकेकी मोडल आरुषी मगरको अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडीयोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् भने मोडल क्षेत्रीले नै निर्देशन गरेका हुन्।