प्रचण्डमाथी जुत्ता प्रहार गर्ने तिरुवालाई ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुत्ता प्रहार गर्ने २२ वर्षीय रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

सोमबार अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो। लगत्तै उनी पक्राउ परेका थिए।

प्रहरीलाई बयान दिँदै तिरूवाले प्रचण्डले वर्ग संघर्षबारे दिएको भाषणमा चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको स्वीकार गरेका छन्।

घटनाको छानविनका लागि प्रहरीले अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन गरिसकेको छ।