शीर्षक: बन्दी भइन् मेरीसाथी
किन कि ?
स्कुले जीवनदेखि नै
न्यायको निम्ति हिडिन्,
भोक र प्यास सहेर
लामबद्दमा रहिन्,
जिन्दगीको बलिदान
आफ्नै हत्केलामा
राखेर, अनबरत संघर्षमा
जुटि रहिन् , त्यसैले ,
बन्दी भईन् मेरी साथी।
जन्मदेखिको उनको संघर्ष
आमाको दुध पाउन भो
अनि पढ्न र अघि बढ्न भो
बिस्तारै लाज ढाक्न नाना र
मीठो खानाको लागि भो
शाही सामन्त कोखमा
जन्मिएर पनि उनी सुखको
उन्मादमा मात्तिएर हिडिनन्।
र त बन्दी भइन् मेरो साथी ।
सानै देखिको समानता भाव
र संघर्षशिल बानिले
आमूल परिवर्तनको लागि
कम्युनिस्ट बनिन् उनी
र त बन्दी भईन्।
स्कूले जामामा घर छोडेर
सर्वहाराको लडाईको
मोर्चामा कटिबद्ध भइन्।
भागदौड, भोक, प्यास, निन्द्रा,
आराम, जीवन र मृत्युको
सङ्घारमा उभिएर सिद्दान्तको
पालाना गर्दै झुर्झुरेदेखि
अनेकौ युद्धमा प्रत्यक्ष
भाग लिएर वैरिलाई
एकै सासमा जितेर
आईन् र त आज उनी
बन्दि भईन्।
यहाँ हारेकाहरुको अनि
अल्पमतमा परेकाहरुको
महोत्सव लागि रहेको छ।
जब जनता सबै जाग्दछ्न्
तब यी ब्वासाहरु कतै
भाग्ने मौका पनि
पाउने छैनन्।
यस्तै ब्वासाहरुको
विरुद्ध आवाज उठाईन्
र त बन्दी भईन् मेरी साथी।
रक्त पिचासुहरु आज
देशको कानुन बेच्दै छन्
देशको माटो बेच्दै छन्
देशको स्वाभिमानलाई
बेच्दै छन् ,मनग्ये कमाउन
स्वाधीनता बेच्दै छन्।
पुजीवादी, बिस्तारवादी र
साम्राज्यवादीहरुको अघि
शिर निहुराएर म तिम्रो
बफादार दलाल कुत्ता हु
भनेर भुकी रहेछन् । हो
यसैको विरुद्धमा बोलिन्,
र त बन्दी भईन् मेरी साथी।
जनताले पाउने अधिकार
तिम्रो मुठ्ठिमा कैद नगर,
तिम्रा सन्तान बिदेशमा
उच्च शिक्षा लिन पठाउछौ
तर जनताको छोराछोरीलाई
आधारभूत शिक्षा बाट पनि
बन्चित गराउछौ,भोका र
नाङ्गा जीवन जिउन
बाध्य बनाउदै
जनतालाई भोटर ब्याङ्क
सम्झन्छौ।
यसो नगर यो
गलत छ भन्दा आज
बन्दी भईन् मेरी साथी।
तिमी साच्चैको सरकार
हौ भने जनतालाई आफ्नो
मौलिक हक र अधिकारबाट
बन्चित नबनाउ,राष्ट्र तिम्रो
बिर्ता होइन। यो त हामी सबैको
साझा सम्पत्ति हो,पुर्खाहरुले
छोडेर गएको अमुल्य नाशो हो।
यसलाई सन्धी र सम्झौतामा
अल्झाउने र बन्दक बनाउने
कोशिश पनि नगर भन्दा ,
बन्दी भईन् मेरी साथी।
अन्याय भयो, अत्याचार भयो,
भ्रष्टाचार भयो,दलाली भयो,
धनी र गरिबको दुरि झन्झन्
बढ्दै गयो।
न्याय देऊ,सुशासन गर
छलकपट कत्ती नगर
शान्ती,समृद्धि र समानता
कायम गर भन्दै गर्दा
दोसि भईन् अनि दलाल
र भ्रष्ट सरकारको नजरमा
अपराधी साबित हुँदै
बन्दी भईन् मेरि साथी।
तर, यो यथार्थता छ कि
जित सधैं सत्यको हुन्छ।
इतिहास स्पष्ट छ, आदिम युगको
बर्बर युगको,दास युगको अनि
साह्रै बलियो भनेको त्यो
सामन्त युगको।
आखिर खै
त टिकेको बलिया भनेको
शसकहरुको शासन।
आज पुजिवादमा आएर
शोषकहरु सास फेर्न पनि
नसकेको देखिदै छ।
तिम्रो पुजीले भन कहिलेसम्म
कृतिम सास फेर्दछौ।
तिम्रा धर्मको पर्खाल भत्कदै छ,
अब २१औं सताब्दिले छर्लङ्ग
पार्दै छ कि सत्यता के हो भनेर ,
अन्ध बिश्वासको खेती गर्न
अब कत्ती सक्ने छैनौ,
र मानबले मानव माथी
क्रूर शाशन गर्ने दिन अब
सक्किएको छ,किनकी
प्रकृति,समाज र मानव
जीवनकाल अस्थिर,
चलायमान र गतिशील छ।
यस्तो भन्दै गर्दा बन्दी बनाइयो
मेरो साथिलाई,अनेक युगहरु
पार गर्दै गर्दा त्यो अनिवार्य
पनि छ कि पुजीवादपछि
समाजवादको उदय हुनेछ
र साम्यवादको स्वर्णिम
सन्सारमा बिश्वका मानिसहरु
साच्चिकै सब्य र श्रेष्ठ प्राणीको
दर्जा पाएर जिउनेछन्।
शान्ती, समानता, समृद्धि
धर्म बिहिन, राष्ट्र बिहिन
स्वतन्त्र,स्वाधीनता र स्वाभिमानमा
उच्च प्राणी पदमा सदैव जिउने छन्।
यसो हुन बाट यो अहिलेको
दलाल सम्सदिय ब्यबस्था
बाधक छ भनेर जनतालाई
सुचित गराउदै गर्दा बन्दी भईन्
मेरी साथी, मार्क्सले भनेका
छन् कि पुजिवादको गर्भमै
समाजवादको शिशु हुर्केर
जन्मने छ। साथी तिमी
सहि र सत्य बाटोमा छ्यौ।
मात्रै धैर्य गर जित तिम्रो
नजिक छ।
जबसम्म जनताले
दर्शन शास्त्र,राजनीतिक अर्थशास्त्र र
बैज्ञानिक समाजवाद पुर्णरुपले
बुझेका हुदैनन् ,तबसम्म तिमीजस्ती
निडर,साहशी ,कर्तब्यनिष्ट नेतृत्वलाई
अनेक उल्झन आई रहन्छन् ,तर
एक दिन त्यस्तो दिन
आउनेछ ।
जब जनताले
पुर्णरुपमा क्रान्तिको अर्थ बुज्ने छन्
त्यो दिन कागजी बाघहरु बिलिन
हुँदै यीनिहरुको शासकी ब्यबस्था
ध्वत हुँदै बैज्ञानिक समाजवादको
उदय हुनेछ। यति धेरै कुशल ,यति
धेरै प्रमाणित बैज्ञानिक ब्यबस्थाको
सल्लाह गर्दै गर्दा
बन्दी भईन् मेरि साथी, सलाम छ साथी तिमीलाई ,
देश र जनताको निमित्त
आफ्ना हरेक खुशिहरु
दियौ हाशेर जलाई।
तिमी मैन बत्ती जस्तै हौ
आफू जलेर उज्यालो पार्ने,
तिमीमा त्यो गुण छैनन्।
कदापि दुश्मनका सामू हार्ने,
तिम्रो भौतिक शरीरलाई
बन्दी बनाए पनि
महान बिचारलाई
बन्दी बनाउन सक्छन् र कहाँ
मालेमाका बिचारहरु
अमरछन् जहाँ।
- प्रभाव