मप विश्वविद्यालयको उपकूलपतिमा कालिकोटका नन्दबहादुर सिंह


काठमाडौँ। सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा कालिकोटका प्रा.डा.नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ।

त्रिभुवन विश्वविद्यालयमा वनस्पति शास्त्रका प्राध्यापक रहेका प्रा.डा.सिंहलाई आइतवारको मन्त्रिपरिषद् बैठकले उपकूलपति नियुक्त गरेको हो।

मप विश्वविद्यालयमा विगत ४ महिनादेखि उपकूलपति पद रिक्त रहेको थियो। तत्कालीन उपकूलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको थियो।