कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो


काठमाडौँ। नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ। गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन्।

चीनमा सबैभन्दा दुई हजार ९१२ जनाको ज्यान गएको छ। चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ।

यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुईरदुई जनाले ज्यान गुमाएका छन्। थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको छ। ८९ हजारमा कोरोनाको संकेत देखिएको छ। जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन्।