प्रहरी नियन्त्रणपछि तिरूवामाथि प्रचण्डका प्रेस सल्लाहकारबाट कुटपिट



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने युवकमाथि कुटपिट भएको छ।

जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले कुटपिट गरेका हुन्।

प्रहरीले नियन्त्रणमा लिएर सभा हलबाट बाहिर ल्याउने बेला जुगलले तिरुवालाई अगाडि र पछाडिबाट लातले हानेका हुन्। तिरुवाले अर्का एकजनाले पनि हातपात गरेका थिए। तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए।