प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवा पक्राउ (भिडियोसहित)



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षीय रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ। प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक पूर्व लडाकु भएको बुझिएको छ। तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो।

जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका थिए।

तर, जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ। यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए।