राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार


काठमाडौँ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजीत कार्यक्रममालाई सम्बोधन गरेर प्रचण्ड सिटआसन गर्दै गर्दा उनीमाथि दशक दृघाबाट जुत्ता प्रहार भएको हो। तथापी जुत्ता प्रचण्डसम्म पुग्न पाएन।

प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए। उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो। सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका छन्।

विगतमा पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो। एक युवकले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए। एकजनाले झापड हानेका थिए।

दश वर्षे जनयुद्धबाट राजनीतिक मूलधारमा आएर प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन्। देशकै शक्तिशाली दलका अध्यक्ष रहेका प्रचण्डको सुरक्षाको विशेष व्यवस्था गरिएको छ।