पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध नेविसंघ आन्दोलित



काठमाडौँ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पुस्तक र पेट्रोलियम पदर्थमा लगाइएको कर फिर्ता लिन माग गर्दै आइतबार काठमाडौंमा सरकारका विरुद्धमा प्रर्दशन गरेको छ।

आरआर क्याम्पस, ल क्याम्पस र विश्व भाषा क्याम्पसको संयुक्त आयोजनामा प्रर्दशन गरिएको नेविसंघ आरआरका सचिव अनुराग शाहले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न र बालुवाटार र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाकाे अडियो प्रकरण छनबिनको समेत माग राखेर प्रदर्शन गरेको सचिव शाहले जानकारी दिए।

प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजी गर्दै नेविसंघका नेता/कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन्। सरकारले पुस्तक र पेट्रोलियम पदर्थमा लगाएको कर फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने शाहकाे भनाइ छ।