चौलागाईँको ‘हुर्रे’ र सिन्धुलीयको ‘महाराजको दाम्मी लुगा’ नाटक मञ्चन



काठमाडौँ। थापागाउँको कुञ्ज नाटक घरमा भरिभाउ दर्शकमाझ ६ वर्षदेखि १४ वर्षसम्मका लालाबालाहरूले दुई नाटक प्रस्तुत गरेका छन्। रगकर्मी टंक चौलागाईँको लेखन÷निर्देशनमा हुर्रे र रंगकर्मी प्रकेश सिन्धुलीयको लेखन÷निर्देशनमा ‘महाराजको दाम्मी लुगा’ नाटक मञ्चन भएको हो। उपस्थित दर्शक, विध्यार्थी, पत्रकार र रङ्गकर्मीहरू र अभिभावकले कुञ्ज थिएटर भरिभराउ थियो।

हुर्रे नाटक एकजना ड्रेस र मास्क डिजाइनरको घरको कथावरपर घुमेको छ। जुँगे दाइको घरमा उनका छोराछोरीसँग खेल्न भनेर टोलभरिका केटाकेटीहरु जम्मा हुन्छन्। पहिलापहिला बच्चा देख्नासाथ जंगिने रिसाहा घरबेटी एकाएक बच्चाहरुसँग नजिकिन्छन् र कथा अघि बढ्छ।

त्यस्तै मौसुफको दाम्मी लुगा चर्चित डेनिस लोककथामा आधारित छ भने सो कथालाई प्रकेश सिन्धुलीयले परिमार्जन गर्दै वर्तमान परिप्रेक्ष्यमा ढाली लेखन र निर्देशन गरेका हुन्। देखावटीपनमा डुबेका अति महत्वकांक्षी राजाले फरक र महँगो लुगा लगाउने भन्दा नराम्ररी ठगिन्छन् तर आफू ठगिएको थाहा नपाएकाले नदेखिने लुगा हो भनेर नाङ्गै जात्रामा निस्कन्छन्। र त्यसपछिका घटनाक्रमलाई अझ रोचक बनाउँदै फरक ढंगले प्रस्तुत गरेका छन् सिन्धुलीयले।

रङ्गमञ्च, टेलिभिजन र फिल्मका लागि प्रोफेसनल बालकलाकार तयार गर्ने र बालबालिकाको चौतर्फी विकासमा टेवा पुर्याउने उद्धेश्यले सुरु भएको लालाबाला कार्यशालाको तेस्रो वर्षका लालाबालाहरुले नाटकहरु प्रस्तुत गरेका हुन्। यस पटक पनि लालाबाला अभिनय कक्षा वानेश्वरको प्रज्ञा कुञ्ज स्कुलको हल र मैदानमा करिब चार वर्ष अघिदेखि हरेक शनिबार चलिरहेको छ।

लालाबालाको पहिलो ब्याचले कुञ्ज थिएटरमा नाटक प्रस्तुत गरेको थियो ुहिरोज डोन्ट कमु, त्यसको लेखन र निर्देशन गरेका थिए प्रकेश सिन्धुलीयले। सो नाटक पोल्याण्ड, बेलारुस र बंगलादेशमा समेत प्रदर्शन गरिएको थियो भने बेलारुसमा चार वटा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित पनि भएको थियो।

त्यस्तै दोस्रो ब्याचमा करिब ४० जना लालाबालाहरूले र शिल्पी थिएटरमा दुई नाटक मञ्चन गरेका थिए। नाटक कालु र बाघ मा लेखन थियो टंक चौलागाईँको। सो नाटकलाई निर्देशन गरेका थिए रङ्गकर्मी प्रल्हाद खरेलले भने ूआइ वान्ट टु वी श्रवणकुमारू को लेखन र निर्देशन गरेका थिए प्रकेश सिन्धुलीयले।

तेस्रो ब्याचको दीक्षान्तसम्म आइपुग्दा लालाबाला टोलीले पोल्याण्ड, बेलारुस, अष्ट्रेलिया, बंगलादेश, स्लोभाकिया, जर्मन, भारत लगायतका देशहरूमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। अन्य युरोपेली देशहरुबाट पनि निम्तो आएकाले त्यसको तयारी पनि भइरहेको स्कुल थिएटर नेपालका संस्थापक निर्देशक टंक चौलागाईँले बताए।

हुर्रे र मौसुफको दाम्मी लुगा नाटकको मञ्चनपछि प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा स्कुल थिएटर नेपालका संस्थापक निर्देशक टंक चौलागाईँले अब स्कुल थिएटर नेपालले लालाबालाको टिभी रियालिटी शोको तयारी गरिसकेको जानकारी गराएका छन्। नेपालको लागि बालबालिकाको अभिनय रियालिटी शो निकै नौलो र नेपाली स्वादको र मौलिक हुने चौलागाईँको दाबी छ र त्यसको नाम पनि ूलालाबालाू मै आधारित हुने बताइएको छ।

स्कुल थिएटर नेपालले यसअघि दुईवटा अन्तर्राष्ट्रिय नाटक महोत्सवको सफल आयोजना गरिसकेको छ १ आगामी वर्ष पनि जेठ महिनामा तेस्रो लालाबाला अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदैछ जसमा १६ वटा देशबाट कलाकारहरू नेपाल आउनेछन् भने सोही समयमा केही विशेष थिएटर वर्कशप पनि हुनेछन्।