‘फूल जस्तै जोवन’ बजारमा (भिडियोसहित)



काठमाडौँ। भनिन्छ, मनका भावनाहरु शब्दलहरिमा जेलिएर बन्छन् गीत। अनि कतिलार्इ आफ्नै कहानी बोले जस्तो लाग्दछ। त्यसैले गीत एकान्तको साथी बनिदिन्छ। हरेक परिस्थिति अनुसार सुहाउँदो भावनाको पोको गीत हो।

लोक तथा दोहोरी गायक दिपसागर थापा मगर र प्रिती गुरुङको ‘फूल जस्तै जोवन’ बोलको कौडा लोक दोहोरी गीत बजारमा आएको छ। प्रीति गुरुङ गायिका मात्र नभएर मोडेल डान्सर पनि हुन् थुप्रै गीतहरु बजारमा हेर्न सकिन्छ।

दिपसागर थापा मगरको लय शब्द रहेको गीतमा प्रिति गुरुङ र उनको आफ्नै आवाज रहेको छ। गीतलाई दिप सागर थापाको आफ्नै च्यानलबाट बजारमा पठाइएको छ।

भिडियो निर्माणको क्रममा दिप गुरुङको निर्देसन रहेको भिडियोमा कृष्ण सिंजाली, शोभा थापा र कुशुम गुरुङको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो