ललितपुर समितिको आयोजनामा स्वास्थ्य शिविर तथा सास्कृतिक कार्यक्रम सम्पन्न



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत सास्कृतिक कार्यक्रम – २०७६ सम्पन्न भएको छ।

समितीका अध्यक्ष सुजन बराईलीको सभा अध्यक्ष तथा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

निःशुल्क स्वास्थ्य शिबिर, रक्तदान तथा बृहत साँस्कृतिक कार्यक्रममा बिभिन्न कलाकारहरुले नाक, कान, घाँटी जाँच गराउनुका साथै रक्तदानसमेत गरेका दिए। सो कार्यक्रमलाई सफल पार्न बिभिन्न ब्यक्ति र संघ संस्थाहरुबाट आर्थिक सहयोगसमेत प्राप्त भएको थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीले आयोजना गरेको सो कार्यक्रममा अल्का अस्पताल र रक्त सञ्चार केन्द्र ललितपुरले बिशेष सहयोग गरेको थियो। कार्यक्रममा सहयोगीदाता, समाजसेबी, सल्लाहकार, पत्रकार, नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बीजी, राजु ढकाल, हरी डाँगी, पिएन सापकोटा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।