‘परिमार्जन नभइ एमसिसी पारित हुँदैन’


सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्रै (एमसिसी) पारित हुने बताएका छन्।

शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।

नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध र अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै उनले परिमार्जनका लागि सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने बताए। त्यसलाई स्वीकार नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनले प्रष्ट पारे ।