प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध मुद्धा दायर



काठमाडौँ। शुक्रबार दिउँसो काठमाडौं जिल्ला अदालतमा एउटा मुद्दा दायर भएको छ। त्यो अंश मुद्दा हो जसमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई विपक्षी बनाइएको छ। बालिका खड्का नाम गरेकी महिलाले शेरधन राईलाई पति दाबी गर्दै मुद्दा दायर गरेकी हुन्। उने राईले आफूसँग विवाह गरेको दाबी गर्दै घरेलु हिंसाको अभियोगसमेत लगाएकी छिन्। खड्काले आफूले अंश पाउनुपर्ने उल्लेख गरेकी छन्। पछिल्लो समय प्रधानमन्त्री केपी  `शर्मा ओली निकटस्थ मानिएकाहरु एकपछि अर्को विवादमा आइरहँदा राईमाथि मुद्दा दायर हुनुलाई अर्थपूर्ण मानिएको छ।