काठमाडौँ। गतमाघ ६ गते चितवनबाट गिरफ्तारमा परेका वामपन्थी राजनीतिक बिश्लेषक तथा राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनी रिहा भएकाछन्।
उनलाइ माघ ६ गते दिउसो बाटोमा हिडीरहेकै अवस्थामा बिना जानकारी गिरफ्तारी गरीएको थियो। लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मन्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका छन्।
उनले एमसिसी बारेमा गिरफ्तार हुनु अगाडी अघिल्लो हप्ता मात्र एक कार्यक्रम सम्पन्न गरेका थिए। लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन्। बिगत लामो समयदेखि अस्वस्था रहेका लोहनीले स्वास्थ्यकै कारण केही समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका हुन्।
उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो। लोहनीलार्इ हिरासतबाट मुक्त भएको केही समयमा पुन गिरफ्तार गरेको थियो।