वामदेवको मागअनुसार संविधान संशोधनका लागि कार्यदल



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको मागअनुसार संविधान संशोधनबारे गृहकार्य गर्न उक्त पार्टीले कार्यदल बनाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा छन्।

यो कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ। नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ।

तर, गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएका छन् । त्यही सर्त राखेर उनी माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन्।