पृथ्वी फाउण्डेसनलाई एम्बुलेन्स सहयोग



सुर्खेत। नोबेल मेडिकल कलेज बिराटनगरले पृथ्वी फाउण्डेसन, कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको पहलमा फाउण्डेसनलाई एम्बुलेन्स सहयोग स्वरुप प्रदान गरिएको हो।

जिल्लामा बिरामीको सेवामा ध्यान राख्दै कालिकोट जिल्लाको विकटतालाई मध्यनजर गर्दै एम्बुलेन्स प्रदान गरिएको नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुुनिल शर्माले बताए।

उनले भने, ‘कालिकोटमा अहिले पनि स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यता रहेको छ, यो समस्यालाई हटाउन एम्बुलेन्स प्रदान गरेका हौँ।’

कर्णालीजस्तो विकट क्षेत्रमा समाज सेवा गर्ने आफ्नो धोको रहेको र यस्तो सहयोग निरन्तर गर्ने सञ्चालक शर्माले बताए।