काठमाडौँ। नेपाल विद्यार्थी संघले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाईको सरकार भ्रष्ट बनेको आरोप लगाएको छ।
साथै उसलेनिवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको भन्दै सरकारविरुद्ध प्रदर्शन जारी राख्ने बताएको छ।
काभ्रेमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटामाथि छानबिन गर्न र कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा शनिबार प्रदर्शन गरिएको हो। बास्कोटालाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी दमन भएको भन्दै त्यसको विरोधमासमेत शुक्रबार नेविसंघले प्रदर्शन गरेको छ।