सुकदेव र मेलिनाको स्वरमा नयाँ गीत (भिडियोसहित)



एन्जिला क्षेत्री,

काठमाडौँ। गायक सुकदेव अधिकारी र मेलीना राईको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुर्खेतका युवा समाजसेवी लोकेश खत्रीको प्रस्तुती रहेको म्युजिक भिडियो ‘के भनौं हजुर’ शुक्रबार भावना म्यूजिक प्रा.लि सोलुसनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा नायिका आँचल शर्मा र विमल अधिकारीको अभिनय रहेको छ। विमलको लय शब्द रहेको गीत म्युजिक भिडियोको निर्देशन काजि श्रेष्ठले गरेका छन्। यसअघि सुकदेव र मेलीनाकै स्वरमा ‘कल्ले बोलायो’ बोलको गीत चर्चामा रहन सफल भएको थियो।